Home Uncategorized नयाँ शक्ति पार्टीका नेता दलमर्दन कामी सुनसरी छेत्र नम्बर १क बाट भिड्दै...

नयाँ शक्ति पार्टीका नेता दलमर्दन कामी सुनसरी छेत्र नम्बर १क बाट भिड्दै ।

61
0
SHARE

नयाँ शक्ति पार्टीका नेता दलमर्दन कामी सुनसरी छेत्र नम्बर १क बाट भिड्दै ।

आफ्नो उम्मेद्बारी पश्चात् धरानलाइ अगाडि बढाउन घोषणा पत्र यस्तो ल्याउदै छन ।

(१) बराहक्षेत्र, बुढासुब्बा, विष्णुपादुका र भेडेटारलाई जोडेर धार्मिक, प्राकृतिक पर्यटन प्रबद्र्धन गरिने छ ।
२) सुनसरी क्षेत्र नं. १ मा रहेका सबै पुराना र ऐतिहासिक संरचनाहरुलाई संरक्षण, प्रबद्र्धन गरी सञ्चालनमा ल्याइने छ ।
३) रामधुनी, बराहक्षेत्र, विष्णुपादुका, बुढासुब्बा, पिण्डेश्वरी, शिवजट्टा, चारकोशे झाडीलाई मध्यनजर गरी रिङ्गरोड निर्माण गरी पर्यटन विकास गर्ने ।
४) सुकुम्बासी भूमीहिन, अव्यवस्थित रुपमा बसोबास गरिरहेकाहरुलाई यथास्थानमा एकीकृत नमूना बस्तीका रुपका विकास गरिने छ ।
५) सडक बालबालिका र बृद्धबृद्धाहरुको संरक्षणका लागि राज्यलाई जिम्मेवार बनाइने छ ।
६) सामाजिक, सांस्कृतिक, धार्मिक, लैङ्गिक आदिका आधारमा हुने सबैखाले विभेदको अन्त्य गर्ने ।
७) शिल्पी समुदायको पहिचानलाई विभिन्न बहानामा लादिएको अपमानित दलित पहिचानको अन्त्य गरी शिल्पी पहिचान कायम गर्ने ।
८) किसान, मजदुर, बेरोजगार युवालाई रोजगारीको विशेष योजनाको विकास गरिने वा राज्यद्वारा बेरोजगार भत्ताको व्यवस्था गरिने छ ।
९) सुनसरी क्षेत्र नम्बर १ मा जातीय संरचना (क्लष्टर) लाई जनसंख्या प्रतिशतका आधारमा अल्पसंख्यक, सिमान्तकृत र लोपउन्मूखहरुको राजनीतिक नेतृत्व र राज्यसत्तामा समान सहभागिताका लागि पूर्ण समानुपातिक समावेशीताको नीति अवलम्बन गरिने छ ।
१०) सुनसरी क्षेत्र नम्बर १ को (क) र (ख) मा लागुऔषध, दुव्र्यसनी, सामाजिक विकृत्ति–विसंगतिको पूर्णरुपमा अन्त्य गर्न प्रशिक्षणका साथै विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गर्ने र कानुनी दायरामा ल्याइ स्वस्थ, सुन्दर र सम्बृद्ध समाजको निर्माण गरिने छ ।
११) नेपाल सरकारबाट स्वीकृति भएको धरान एयरपोर्टलाई छिटोभन्दा छिटो निर्माण गरिने छ ।
१२) सुनसरी क्षेत्र नम्बर १ को (क) र (ख) मा धार्मिक, सांस्कृतिक पर्यटनको उत्कट थलो भएको हु“दा वार्षिक १०,००,००० (दश लाख) आन्तरिक र बाह्य पर्यटक भित्र्याउन विशेष पहल–कदमी गरिने छ । १३) ऐतिहासिक गढि बुढासुब्बा क्षेत्रलाई मुख्य मन्त्रीको कार्यालय निर्माण गरिने छ ।

दलमर्दन कामी
प्रत्यक्ष उम्मेद्वारप्रदेश सभा, सदस्य
सुनसरी क्षेत्र नं. १ (क)
सम्पर्क ः ९८१३१९७११३

SHARE
Previous articleHello world!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here